आगामी आवमा ताप्लेजुङका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदानको विवरण सार्वजनिक(कसको कति ?)

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १२ । राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगले आगामी आर्थिक २०८१।८२ का लागि नेपाल सरकारबाट ताप्लेजुङका स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमको विवरण सार्वजनिक गरेको छ ।

न्यूनतम् अनुदान,सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदानको विवरण सार्वजनिक भएको हो । सार्वजनिक भएको विवरण अनुसार फक्ताङ्लुङ गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सूत्रमा आधारित ६ करोड ८ लाख र कार्य सम्पादनमा आधारित ५२ लाख गरी कूल ९ करोड ६० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने छ । यस्तै मिक्वाखोला गाउँपालिकाले न्यूनतम् अनुदान २ करोड ७५ लाख,सूत्रमा आधारित ५ करोड २ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४० लाख गरी कूल ८ करोड १७ लाख रुपैयाँ पाउने छ ।

मेरिङदेन गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सूत्रमा आधारित अनुदान ६ करोड ५८ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४३ लाख गरी कूल १० करोड १ लाख रुपैयाँ पाउने छ । मैवाखोला गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सूत्रमा आधारित ५ करोड ७१ लाख र कार्य सम्पादनमा आधारित अनुदान ६२ लाख गरी कूल ९ करोड ३३ लाख रुपैयाँ पाउने भएको छ ।

यस्तै आठराई त्रिबेणी गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सूत्रमा आधारित ६ करोड ८९ लाख र कार्य सम्पादनमा आधारित ४१ लाख गरी कूल १० करोड ३० लाख रुपैयाँ अनुदान पाउने छ । फुङलिङ नगरपालिकाले न्यूनतम् अनुदान ३ करोड २५ लाख,सूत्रमा आधारित अनुदान ११ करोड ७ लाख र कार्य सम्पादनमा आधारित ५३ लाख गरी कूल १४ करोड ८५ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने छ । पाथीभरा याङवरक गाउँपालिकाले न्यनतम् अनुदान ३ करोड,सूत्रमा आधारित अनुदान ६ करोड ८९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४५ लाख गरी कूल १० करोड ३४ लाख रुपैयाँ पाउने भएको छ ।

सिरिजङ्गा गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सूत्रमा आधारित अनुदान ७ करोड ७४ लाख र कार्य सम्पादनमा आधारित अनुदान ६० लाख गरी कूल ११ करोड ३४ लाख रुपैयाँ पाउँदा सिदिङ्वा गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सूत्रमा आधारित अनुदान ६ करोड २६ लाख तथा कार्य सम्पादनमा आधारित अनुदान ४३ लाख गरी कूल ९ करोड ६९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान वापत प्राप्त गर्ने राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगले विवरण सार्वजनिक गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts