मेरिङदेन गाउँपालिकामा तयार भयो आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० तयार भएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का प्रतिनिधिहरुमार्फत सामूहिक छलफल गरी तयार भएको निर्देशिका पिएलजीएसपीका प्रतिनिधिले शुक्रवार गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गामलाई हस्तान्तरण गर्नु भएको छ । पालिका अध्यक्ष, पालिकाका ६ वटै वडाका वडाध्यक्ष दलित तथा महिला कार्यपालिका सदस्य,वडा सचिव र शाखा प्रमुखहरुको उपस्थिति तीनदिन सम्म गरिएको छलफल पछि आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० तयार भएको गाउँपालिकाले जनाएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली भन्नाले व्यवस्थापनले तयार गरी लागु गरेको प्रक्रिया हो । यसले सञ्चालनको प्रभावकारिता,वित्तीय प्रतिवेदनको विश्वसनीयता तथा ऐन, नियमको परिपालना भएको सम्बन्धमा व्यवस्थापनलाई व्यवहारिक बनाउन मार्गनिर्देश गर्छ । आन्तरिक नियन्त्रण प्रणालीमा नियन्त्रित वातावरण,जोखिमको लेखाजोखा,नियन्त्रित कार्यविधी, सूचना तथा सञ्चार र अनुगमन जस्ता बिषय समेटिएका हुन्छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts