नेकपा ताप्लेजुङद्धारा राजनीतिक संकट समाधान केन्द्रित अन्तरक्रिया

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ९ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति ताप्लेजुङले बुधवार फुङलिङमा ‘नेपाली बिशेषताको समाजवाद,वर्तमान राष्ट्रिय राजनीतिक संकटको निकास’बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लामा क्रियाशिल राजनीतिक दल,नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति डिल्लीरमण बराल,एमाले जिल्ला सचिवालय सदस्य सन्तोष प्रसाँई,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य चन्द्रकुमार तामाङ,नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य नेत्र नेपाली,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादेन,राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष इन्द्र थलङ सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य ‘सुमन सी’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts