| |

डोरी तान्ने प्रतियोगितामा प्रजिअ र प्रनाउको टोली प्रथम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ७ । ताप्लेजुङमा प्रजातन्त्र दिवसको अवसरमा आयोजित डोरी तान्ने प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल र प्रहरी नायव उपरीक्षक राजन लिम्बू नेतृत्वको टोली प्रथम भएको छ । उक्त प्रतियोगितामा महिलातर्फ प्रजिअ पौडेल र पुरुषतर्फ ताप्लेजुङका प्रहरी प्रमुख प्रनाउ लिम्बू नेतृत्वको टोली प्रथम भएको हो ।
प्रजिअ पौडेल नेतृत्वको टोलीले नापी कार्यालय ताप्लेजुङकी प्रमुख रजिता श्रेष्ठ नेतृत्वको टोलीलाई पराजित गर्दै महिलातर्फ प्रथम भएको हो । यस्तै राजनीतिक दलको टोलीलाई पराजित गर्दै प्रनाउ लिम्बूको टोली पुरुषतर्फ डोरी तान्ने प्रतियोगितामा प्रथम भएको हो । मनोरञ्जनात्मक डोरी तान्ने प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम भएको टोलीले समान १० हजार रुपियाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् ।
डोरी तान्ने पुरुष र महिला दुवै विधामा प्रथम भई पुरस्कारस्वरुप प्राप्त गरेको नगद भने आँखाका रोगीलाई सहयोग पु¥याउनेगरी जिल्लास्थित नेपाल नेत्रज्योति संघलाई प्रदान गरिएको छ । आँखा उपचार तथा परीक्षणमा खर्च गर्नेगरी प्रजिअ पौडेल र प्रनाउ लिम्बूको टोलीले प्रतियोगितामा प्रथम भई प्राप्त गरेको पुरस्कार रकम २० हजार रुपियाँ नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाका उपसभापति खगेन्द्र अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
यता प्रजातन्त्र दिवसकै अवसरमा सोमबार जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुलसमेत वितरण गरिएको छ । यस्तै जिल्ला समन्वय समिति परिसरमा वृक्षारोपण र भण्डोत्तोलनसहितको कार्यक्रम गरिएको समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । कार्यक्रममा फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेन, जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts