सिदिङ्वाद्वारा खेलकुद सञ्चालन गर्न गाउँपालिकाको सेवा बन्द

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएपछि सेवा बन्द गरेको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङ्वा गोल्डकप भलिबल प्रतियोगिताका लागि दिनसम्मलाई सेवा बन्द गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज कार्कीले मंगलबार जारी गर्नुभएको सूचनाअनुसार फागुन २ गते बुधबारदेखि ६ गते शुक्रबारसम्म गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको छ । प्रतियोगिता सञ्चालन अवधिभर अर्थात बुधबारदेखि शुक्रबार तीन दिनसम्म अत्यावश्यक बाहेकका गाउँपालिकाले दैनिक प्रवाह गर्ने सम्पूर्ण सेवा बन्द हुने कार्कीले सूचनामा उल्लेख गर्नुभएको छ ।
स्थानीय सरकारको हैसियतमा रहेको गाउँपालिकाले खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेवा बन्द गरेपछि सर्वसाधारण सेवाग्राही भने प्रभावित बनेका छन् । खेलकुद प्रतियोगिता सञ्चालनका नाममा गाउँपालिकाले दैनिक प्रवाह गर्नुपर्ने सेवा नै बन्द गरेपछि पालिकाबासी सेवाग्राहीले प्राप्त गर्नुपर्ने सेवाबाट बञ्चित भएका छन् ।
२०८०

अरुलाई पनि शेयर गरौ !

Similar Posts