| |

मिक्वाखोला गाउँपालिकाका विव्यस पदाधिकारीलाई तालिम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार विद्यालय व्यवस्थापन समिति (विव्यस) का पदाधिकारीलाई मंगलबार र बुधबार दुई दिने तालिम प्रदान गरिएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा विव्यसका पदाधिकारी अर्थात अध्यक्षहरुलाई क्षमता विकास तालिम दिएको स्वकीय सचिव थापाले बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका रहने हुँदा समितिको भूमिकालाई थप जिम्मेवार बनाउनका लागि विव्यस पदाधिकारीलाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । क्षमता विकास तालिमले विव्यस पदाधिकारीलाई आफ्नो भूमिका निर्वाह गर्नका लागि थप सक्रिय बनाउने र विद्यालय तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताउनुभयो ।
पाँच वडा रहेको गाउँपालिकाभित्रका चारवटा माध्यमिक विद्यालय र अन्य आधारभूतसहित दर्जन बढी सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई तालिम प्रदान गरिएको हो । तालिम गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ, साँवामा सञ्चालन गरिएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts