‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहेछ……!’

अरुलाई पनि शेयर गरौ !

‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहेछ’ताप्लेजुङमा आईतवार अपरान्ह भएको एउटा मृत्युको घटनाले यो गीतका हरफलाई पुष्टी गरेको छ । घटना यहाँको सिदिङ्वा गाउँपालिकाको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बूदिनका ४८ बर्षिय बीरबहादुर ईदिङ्गो लिम्बू र उनकी श्रीमति ४३ बर्षिय दुर्गामाया लिम्बू बीच शनिवार बिबाद भयो । यहिँ बिबादका क्रममा बीरबहादुरले श्रीमति दुर्गामायालाई कुटपिट पनि गरे । ‘दुबैजना लामो समयदेखि अत्यधिक मादक पर्दाथ सेवन गरी बेलाबेला झगडा पनि गर्दा रहेछन्’जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार पछिल्लो समय कुटपटि पछि बेहोस भएकी श्रीमतिलाई उद्धार गरी उपचारका लागि ताप्लेजुङ अस्पताल र श्रीमान्लाई सोधपुछ तथा अनुसन्धानका लागि ताप्लेजुङ सदरमुकाम ल्याईएको थियो । अत्यधिक मादक पर्दाथ सेवन गर्ने बीरबहादुरको अवस्था पनि नाजुक देखेपछि उनलाई प्राथमिक उपचार पछि मात्र सोधपुछ र अनुसन्धान गर्नेगरी ताप्लेजुङ अस्पताल पु¥याईयो भने श्रीमति दुर्गामाया उपचारका लागि अस्पतालको बेडमा भर्ना भईन् । कुटाई खाएको भनिएको श्रीमति गम्भिर अवस्थामा उपचार गराईरहँदा श्रीमान् बीरबहादुरको भने ताप्लेजुङ अस्पतालमा निधन भएको छ ।‘थप अनुसन्धान त बाँकी छ,तर श्रीमान्को मृत्युले दम्पतिलाई मादक पदार्थको अत्यधिक सेवनले समस्यामा पारेको देखियो’डिएसपी श्रेष्ठले भन्नुभयो । 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts