|

एमाले निकट अनेरास्ववियु ताप्लेजुङ अध्यक्षमा बानियाँ चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २० । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको अध्यक्षमा विवेक बानियाँ चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न २३ औं जिल्ला अधिवेशनले बानियाँ अध्यक्ष रहेको २९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कमिटी उपाध्यक्षमा प्रदिप गुरुङ (पब्लिक) र मिलन प्रधान, सचिवमा अमित काङ्बा, सह–सचिवमा मनकुमार तेङ्बुङ, जानुका पौडेल र सुजन तिम्सिना तथा कोषाध्यक्षमा सनुजा गौतम चयन हुनुभएको छ । अध्यक्ष पदका अर्का दाबेदार मिलन प्रधान रहे पनि अन्तिममा बानियाँको अध्यक्षतामा जिल्ला कमिटी सर्वसम्मत भएको बताइएको छ ।
अनेरास्वविय ताप्लेजुङको २३ औं जिल्ला अधिवेशन शुक्रबार सुरु भएको थियो । संगठनका केन्द्रीय अध्यक्ष समिक बडालसहितका पदाधिकारीको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन उद्घाटनमा एमाले सविच एवम् प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराई, पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो, एमाले जिल्ला कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Similar Posts