ताप्लेजुङको तेल्लोकमा माघ २४ बाट अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ १७ । यही माघ २४ देखि २७ गते सम्म सिरिजङ्गा गाउँपालिका स्थित तेल्लोक माविको खेल मैदानमा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सिरिजङ्गा गाउँपालिकाले आयोजना गरेको यो तेस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हो । प्रतियोगिता सञ्चालन समन्वयकर्ता तथा सिरिजङ्गा गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सञ्जिव सिंहका अनुसार प्रतियोगिताको बिजेताले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा उपबिजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् ।

यस्तै बिधागत पुरस्कारतर्फ सर्बोत्कृष्ट हुने खेलाडीले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् । प्रतियोगिताका उत्कृष्ट स्पाईकर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सर्भर,उत्कृष्ट सेटर,उत्कृष्ट लिब्रो र उदयीमान खेलाडीले नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।

यस्तै प्रत्येक दिनको खेलका म्यान अफ द म्याच हुनेले जनही नगद १ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने सिरिजङ्गा गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts