अनेरास्ववियु ताप्लेजुङको २३ औं जिल्ला अधिबेशन माघ १९ र २० मा,एकसय सातजना प्रतिनिधि सहभागी हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १४ । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु ताप्लेजुङको २३ औं जिल्ला अधिवेशन यही माघ १९ र २० गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने भएको छ ।

अनेरास्ववियुले आइतवार पत्रकार सम्मेलनमार्फत जिल्ला अधिबेशनका बारेमा जानकारी गराएको हो । अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक मिङमा शेर्पाका अनुसार अधिवेशनमा यहाँका ९ पालिकाबाट ५० जना र जिल्ला सम्मेलन आयोजक कमिटीका ५७ जना गरी कूल १ सय ७ जना अधिबेशन प्रतिनिधि हुनेछन् । शेर्पाका अनुसार पालिका कमिटी अन्तरगत गाउँपालिकाबाट कम्तिमा २ जना महिला प्रतिनिधि अनिवार्य सहित ४० जना तथा,नगरपालिकाबाट कम्तिमा ३ महिला सहित ७ जना र स्ववियु निर्वाचन हुने पाथीभरा क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना प्रतिनिधि चयन हुनेछन् । अधिबेशनले कम्तिमा पदाधिकारीमा कम्तिमा २ महिला अनिवार्य रहनेगरी ७ जना पदाधिकारी सहित बढीमा ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने अनेरास्ववियुले जनाएको छ ।

अधिबेशन सम्पन्न गर्न १० वटा उपसमितिमार्फत तयारीलाई तीव्र बनाईएको समेत सम्मेलन आयोजक कमिटी संयोजक शेर्पाले जानकारी दिनुभयो । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा हुने अधिबेशनको पहिलो दिन खुल्ला सत्र र दोस्रो दिन बन्दसत्र तथा नयाँ कमिटी चयनको प्रकृया हुने भएको छ । अनेरास्ववियुले ताप्लेजुङका ३८ वटा माविमा माध्यमिक तह कमिटी,९ वटा पालिका कमिटी र एक क्याम्पस कमिटी गठनगरी १ हजार ७ सय ८५ बिद्यार्थीलाई कमिटीमा आवद्ध गरिएको जनाएको छ ।

२०३६ सालमा रत्न लावुङको अध्यक्षतामा अनेरास्ववियु ताप्लेजुङको पहिलो कमिटी गठन भएको थियो । २३ औं जिल्ला अधिबेशनका लागि‘ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आवह्वान,सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान’नारा तय भएको समेत अनेरास्ववियुले जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडा,एमाले जिल्ला कमिटी उपसचिव मणिशंकर पोमू,अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सहसंयोजक बिबेक बाँनिया सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts