साढे ४ करोड बढी लागतमा मेरिङदेनको लङवा खोलामा बन्यो पक्की पुल,बाह्रैमास यातायात सञ्चालन गर्न बाटो खुल्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ५ । बाह्रै महिना यातायात सञ्चालनमा मुख्य चुनौति रहदैं आएको ताप्लेजुङको मेरिङदेनस्थित लङवा खोलामा पक्की पुल निर्माण भएको छ ।

यो संगै गाउँपालिकाको वडा नं ५ थुकिमा र वडा नं ६ नाल्बुबीच बाह्रै महिना यातायात सञ्चालन गर्न सकिने भएको छ । आर्थिक बर्ष २०७७÷७८ को बजेटमार्फत प्राप्त संघीय शसर्त अनुदान वापतको ४ करोड ६१ लाख ५५ हजार २ सय ८९ रुपैयाँको बजेटमा लङवाखोलामा पक्की पुल निर्माण भएको छ । एसओएस थेबे÷आङबुहाङ जेभीले पुस १० गते पुल निर्माण कार्य पूरा गरी गाउँपालिकालाई बुझाएको कम्पनीका आधिकारिक प्रतिनिधि उदयकुमार आङ्वुहाङले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गामका अनुसार पुल निर्माणका लागि निर्माण कम्पनीसंग २०७७ साल मंसिर १५ गते सम्झौता भएको थियो । सुरुको लागत ईष्टिमेट ६ करोड २७ लाख ६० हजार ६५ रुपैयाँ बराबरको रहेकोमा झण्डै लागत ईष्टिमेट भन्दा २ करोड रुपैयाँ कम लागतमा पुल निर्माण कार्य पूरा भएको मेरिङदेन गाउँपालिकाका इञ्जिनियर पवन पौडेलले जानकारी दिनुभयो । बर्खायाममा लङवाखोलाबाट सवारी आवतजावत हुन कठिनाई हुने गरेको थियो ।

पक्की पुल निर्माण भएसंगै त्यो समस्या हल भई अब बाह्रै महिना यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङले बताउनुभयो । संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले नवनिर्मित पक्की पुलको उद्घाटन गर्दै मेरिङदेन गाउँपालिकाको सडक ‘लाइफलाइन’को रुपमा लङ्वाखोलामा पक्की पुल बनेपछि अब पालिकाका सबै वडाको मुख्य क्षेत्रहरुमा बाह्रैमास सडक सञ्चालन हुन सक्ने अवस्था भएको बताउनुभयो । कार्यक्रममा निवर्तमान पालिका अध्यक्ष गणेशबहादुर लिम्बू,पालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य,गाउँसभा सदस्य,निर्माण कम्पनीका प्रतिनिधि एवम् सरोकारवालालाको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts