| |

फक्ताङ्लुङका बाल विकास सहजकर्तालाई तालिम प्रदान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २६ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रारम्भिक बाल विकास सहजकर्तालाई तालिम प्रदान गरेको छ । बालविकास शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र सहज सिकाइमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले सहजकर्तालाई तालिम प्रदान गरेको हो ।
पालिकाभरका बालविकास सहजकर्ताहरुलाई सहभागी गराई मंगलबार, बुधबार र बिहीबार गरी तीन दिने तालिम प्रदान गरिएको छ । सहजकर्ताहरुलाई बालविकास कक्षा सञ्चालनका सीपसम्बन्धी तालिम प्रदान गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।
बालविकास कक्षाको प्रभावकारी सिकाइका लागि तीन दिने तालिम सहकर्ताका लागि सहयोगी बनेको आफूले विश्वास लिएको अध्यक्ष लिम्बूको भनाइ छ । पालिका अध्यक्ष लिम्बू, उपाध्यक्ष रवीन साम्रा (विकास) लगायतको उपस्थितिमा तालिम समापन गरिएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts