ताप्लेजुङको मैवाखालास्थित एक बिद्यालयको कम्प्युटर ल्याव कक्षमा चोरी,डेढ दर्जन हाराहारी ल्यापटप र कम्प्युटर हराए

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक बिद्यालयको कम्प्युटर ल्याव कक्ष फोडेर दर्जन बढी ल्यापटप र कम्प्युटर चोरी भएको छ ।

बिद्यालयका शिक्षक शान्ता आङवुहाङका अनुसार गएराति कम्प्युटर ल्याव कक्ष फोडेर कम्प्युटर ल्याबबाट १२ वटा ल्यापटप, ४ वटा डेस्कटप सहितका उपकरण चोरी भएको हो । चोरी भएपछि आईटी ल्याव कक्ष रित्तो भएको बिद्यालयले जनाएको छ । शिक्षक आङवुहाङका अनुसार झण्डै साढे ११ लाख बढीको सामाग्री एकसाथ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

चोरी भएका अन्य सामानको बिबरण समेत संकलन भइरहेकोले चोरीबाट भएको क्षति रकम बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । ह्युमन प्राक्टिस फाउण्डेसनको सहयोगमा सो बिद्यालयमा ल्याव  कक्ष स्थापना भएको थियो ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts