ईन्टरनेट सेवा प्रदायक वल्डलिङ्कद्धारा ताप्लेजुङको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १३ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिङक कम्युनिकेसन प्राइभेट लिमिटेडले ताप्लेजुङको पाथीभरा याङवरक गाँउपालिका वडा नं १ नाङखोल्याङको एक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा(ट्रयाक सुट) प्रदान गरेको छ ।

वल्डलिङकमार्फत नाङखोल्याङस्थित युवा आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकलाई न्यानो कपडा प्रदान भएको विद्यालयका प्रधानाध्यापक हेमराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ६२ जना बिद्यार्थी तथा ५ जना शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको छ । पाथीभरा याङवरक गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ,नाङखोल्याङका वडाध्यक्ष दिलकुमार सुनुवार सहितको उपस्थितिमा सो बिद्यालयमा न्यानो कपडा प्रदान भएको बिद्यालयले जनाएको छ ।

नाङखोल्याङ जन्मघरभई हाल नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक(डिएसपी)मा कार्यरत हरि खतिवडाको समन्वयमा वल्डलिङक कम्युनिकेसन प्राइभेट लिमिटेडले सामाजिक उत्तरदायित्व अभियान अन्तरगत सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी र कार्यरत शिक्षकलाई न्यानो कपडा प्रदान गरेको बताईएको छ । वल्डलिंकले केहि समय अघि पश्चिम नेपालका जाजरकोट,रुकुम पश्चिम सहितका जिल्लामा गएको भूकम्प पीडित परिवारका लागि समेत सहयोग गरेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts