भतिजीसंग मिलेर दाजुको हत्या गरी गोठमै शवमा आगो लगाएर हिंडेको अभियोगमा भाई र भतिजी पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २३ । गत साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका ६२ बर्षिय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै ६० बर्षिय भाईले हत्या गरेको रहस्य खुलेको छ । प्रहरीले शुक्रवार अपरान्ह पत्रकार सम्मेलनमार्फत यो घटना बिवरण सार्वजनिक गरेको हो । शंकाका आधारमा प्रहरीले घटना लगत्तै मृतक फुर्वा ग्याल्वोका भाई पेम्बालाक्पालाई पक्राउ गरेको थियो । करिव ७ सातादिन लामो अनुसन्धान तथा सोधपुछका क्रममा पेम्बालाक्पाले अगेनाको चिपर्टले हानी दाजुको हत्या गरेको प्रहरी साबिति बयान प्रहरीलाई दिएका छन् ।‘संगै गोठ रहेका उनीहरुको सामान्य बिबाद नियमित जस्तै रहेछ’जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो ‘यहिँ बिबाद आबेशमा परिणत हुँदा पेम्बालाक्पाले आफ्ना दाजुको हत्या गरेको प्रारम्भिक निश्कर्ष आएको छ’ । फुर्वा ग्याल्वोलाई खानेकुरा पु¥याउन गएका निजकी काईली बुहारी र बुहारी नाता पर्ने छिमेकी ल्हामु शेर्पाले फुर्वा ग्याल्वोलाई आगोले जली मृत अवस्थामा देखेपछि फोन सम्पर्क गरी घरमा जानकारी गराएका थिए । त्यसपछि फुर्वा ग्याल्वोका छोराहरु समेतका मानिसहरु गोठमा पुगि हेर्दा गोठ भित्र रहेको अगेना माथि ओछ्याउन प्रयोग गरिन म्याट्रेस,राडी र ओढ्ने कम्बलले छोपेको अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराईएको थियो । घटना शंकास्पद रहेको आधारमा अनुसन्धान थालेको प्रहरीले फुर्वा ग्याल्वोका भाई पेम्बालाक्पा माथि मुख्य शंका ठानी गहिरो अनुसन्धान गर्दा पेम्बालाक्पाले दाजुको हत्या स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार प्रहरी बयानमा पेम्बालाक्पाले आफुलाई बारबार अपमानित हुने गालीगलौज गरेकोले दाजु फुर्वा ग्याल्वोलाई टाउकोका दाउराको चिर्पटले प्रहार गरी गोठको अगेना माथि राखी ओछ्याउन प्रयोग गरिने सामग्रीले छोपी आगो लगाएको बयान दिएका छन् । प्रहरीले यो घटना हुँदा संगै रहेकी भतिजी नाता पर्ने पासाङ्ल्हामुलाई समेत घटनाको मतियारको रुपमा मुद्दा चलाउने तयारी थालेको छ । पेम्बालाक्पाले पनि पासाङ्ल्हामुकै सहयोगमा दाजु फुर्वा ग्याल्वोको हत्या गरेको बयान दिएपछि प्रहरीले उनलाई समेत ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रकृया सुरु गरेको हो । फुर्वा ग्याल्वोका काईला छोरा दावा शेर्पाले पेम्बालाक्पा माथि भने बाबुको हत्या आरोपमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस्तीभन्दा निकै माथि रहेको जंगलमा दाजु फुर्वा ग्याल्वो,भाई पेम्बालाक्पा र भतिजी नाता पर्ने ५४ बर्षिय पासाङ्ल्हामु शेर्पाका गरी ३ गोठ थिए । भाई पेम्बालाक्पा र भतिजी नाता पर्ने पासाङ्ल्हामुको करिव ५ सय मिटर वरपर तथा दाजु फुर्वा ग्याल्वोको करिव १ घण्टाको दुरीमा गोठ रहेको थियो । नजिक गोठ रहेका दाजुभाई बिबाद गरेपनि घटनाको दिन भने साँझ संगै जाँड खाएका र त्यहाँपनि बिबाद भएपछि पेम्बालाक्पाले दाजु फुर्वा ग्याल्वोलाई अंगारसरीको दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनास्थल फुर्वा ग्याल्बोको घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा भएको हो । फुर्वा ग्याल्बोको शव डढेको र चोटपटक रहेको अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts