|

सगरमाथा युथ र चक्रघट्टी क्लब कञ्चनजंघा गोल्डकपको फाइनलमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ९ । मोरङको सगरमाथा युथ क्लब र सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । सोमबार भएको खेलमा पाँचथरलाई पराजित गरेपछि सगरमाथा युथ क्लबले फाइनल यात्रा तय गरेको हो ।
सेमिफाइनल खेलमा पाँचथरमाथि ५–४ को गोलअन्तरमा जित हासिल गरेसँगै सगरमाथा युथ क्लबले चक्रघट्टी फुटबल क्लबसँग फाइनल खेल्ने पक्का गरेको हो । पाँचथर र सगरमाथाबीच खेलको निर्धारित समयावधिमा १–१ गोल बराबरी भएपछि निर्णयका लागि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
यता आइतबार भएको पहिलो सेमिफाइनलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो । आयोजकका अनुसार गोल्डकप उपाधिका लागि सगरमाथा युथ र चक्रघट्टीबीच फाइनल खेल बुधबार हुने छ ।
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजंघा फुङ्लिङ क्लब र ङा वोरक सङजुम्भो फुङ्लेङको संयुक्त आयोजनामा गत बुधबारदेखि प्रतियोगिता सुरु भएको हो । यता गोल्डकप विजेताले तीन लाख दुई हजार ८० रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ एकलाख ५१ हजार ८० रुपियाँ नगद पुरस्कार पाउने चासोक तङ्नाम सञ्चालन समितिका सह-संयोजक दिनेश लिङ्खिमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts