|

ताप्लेजुङका स्थानीय तहले पुस मसान्त सम्ममा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सक्नुपर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १२ । ताप्लेजुङका स्थानीय तहले यसबर्षको राष्ट्रपति रनिङ शिल्डको पालिका स्तरीय छनौट पुसभरीमा सक्नुपर्ने भएको छ ।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले पुसभरीमा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरी प्रतियोगिता सम्पन्न भएको ७ दिन भित्रमा प्रतिबेदन पठाउन सबै स्थानीय तहलाई आग्रह गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार मार्सल आर्टस्(कराँते,तेक्वादो र उसु खेलको तौल समूह),एथलेटिक्स र भलिबल खेल सञ्चालन हुनेछन् । केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० साल फागुन १६ देखि १८ गते सम्म काठमाडौंमा आयोजना हुने गरी राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै पत्राचार गरिसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts