एमाले निकट उद्योग व्यवसायी संघ ताप्लेजुङमा बराल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ७ । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा गोबिन्दराज बराल सर्वसम्मत चयन हुनु भएको छ ।

प्रथम जिल्ला अधिबेशनले गणेशकुमार श्रेष्ठ र अञ्जु दाहाल भट्टराईलाई उपाध्यक्ष,राजेन्द्र भारतीलाई सचिव,रुपक घिमिरेलाई कोषाध्यक्ष,पुण्यप्रसाद आचार्य, सीता कार्की र बसन्तकुमार गुरुङलाई उपसचिव तथा कमलमणि ओझालाई उपकोषाध्यक्ष चयन गरेको छ ।

एमाले जिल्ला उपसचिव मणिशंकर पोमूका अनुसार विकास गौतम,दिलबहादुर बिष्ट,भद्रवीर रेग्मी,राजेन्द्र ओझा,गोपाल बराल,कल्पना प्याकुरेल,कृष्ण खवास,डिल्ली सिग्देल र चन्द्र श्रेष्ठ सदस्यमा चयन हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts