ताप्लेजुङ रनको अभियान ः मर्निङ वाकमा जानेलाई सहयोग पुग्ने गरी पदमार्ग सफाई
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १९ । लक डाउन भन्दा अघिको समयमा ‘शरिर स्वस्थ्य राख्न स्फुर्त दौड’भन्ने नारासंगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा साताको शनिवार एकहुल मान्छे दौडन्थे । दौडमा सहभागी हुन न कसैलाई बोलाईन्थ्यो,नत सार्वजनिक आवहन नै । ताप्लेजुङ रनको अगुवाईमा सुरु दौडमा एक–दुईसाता हुदैं तेस्रो साता देखि औसतमा ५ सय बढी मानिस एकसाथ दौंडन थाले । ४९ औं हप्ता सम्म दौड सफलतापूर्वक पूरा गरेर बर्षगाँठ मनाउने तयारी गरिरहेको ताप्लेजुङ रनले लक डाउन पछि अभियान बिश्राम ग¥यो । त्यसपछि रोकिएको अभियान सुचारु हुने अवस्था अनिश्चित बनेपछि ताप्लेजुङ रन नयाँ अभियानमा केन्द्रित बनेको छ । अहिले ताप्लेजुङ रनमा आबद्ध अगुवाहरु कसरी मानिसको शरिर स्फुर्त बनाउन सकिन्छ भन्ने अभियानमा केन्द्रित भएका छन् । यहि अभियान अन्र्तगत रनले पदमार्ग सफाईको बाटो रोजेको छ । ‘मानिसले जसरी पनि शरिरलाई तन्दुरुस्ती राख्ने प्रयास गर्नुपर्ने हो,अहिले कोरोनाका कारण भीडभाड सम्भव छैन’ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले भन्नुभयो । उहाँले ताप्लेजुङ रनमा सहभागी हुनेले अहिले पदमार्गमार्फत बिहानी हिडाई(मर्निङ वाक) रोजेकोले सो मार्ग सफाई गरिएको जानकारी दिनुभयो । ताप्लेजुङ रनले भौतिक दुरी तथा स्वास्थ्य र सफाईका सबै मापदण्ड पूरा गरेर फुङ्लिङको भिन्तुना डाँडादेखि सुकेटारतर्फ जाने पदमार्ग सफाई गरेको हो । ताप्लेजुङ रनका परिकल्पनाकार तथा सेवा निबृत्त गोर्खा सैनिक दीपेन्द्र गुरुङले दौडको स्र्फुत दौडको ईच्छालाई मर्निङ वाकमार्फत भएपनि पूरा गराउने अभियानमा आफुहरुले सहयोग गरेको बताउनुभयो । मर्निङ वाकमा सहभागी हुने अधिकाँसले प्रयोग गर्ने पदमार्गमा रन परिवारले सफाईमा गर्ने उनले जानकारी दिनुभयो । देशको अवस्था सामान्य नहुँदा सम्म ताप्लेजुङ रनको साप्ताहिक रुपमा दौड अभियान सुरु हुने अवस्था नभएकोले पदमार्गको सफाई तथा सम्भारतर्फ आफ्नो अभियान केन्द्रित गरिएको उहाँले जानकारी दिनुभयो ।
फोटो ः रनको अगुवाईमा भिन्तुनाडाँडा–सुकेटार पदमार्ग सफाई गरिदैं । तस्बिर ः खगेन्द्र । उज्यालो पोष्ट