ताप्लेजुङमा एक आर्थिक बर्षमा तेह्रसय बढी सवारी कारवाहीमा,राजश्व असुली बढ्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३१ । ताप्लेजुङमा आर्थिक बर्ष २०७९।८० मा सबैभन्दा बढी कार र जीप कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)गोपाल भुजेलका अनुसार बर्षभरीमा १ हजार ३ सय १० वटा सवारी तथा चालकलाई कारवाही गरिएको छ । त्यसमध्ये ६ सय ४३ वटा कार र जीप चालक कारवाहीमा परेका छन् । ३ सय २८ वटा मोटरसाईकल चालक कारवाहीमा पर्दा १ सय ७१ वटा ट्रयाक्टर कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ३५ वटा टेम्पो र १५ वटा बस कारवाहीमा परेका छन् । कार र जीपका चालकलाई गरिएको कारवाहीबाट ३ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

मोटरसाईकल चालकलाई गरिएको कारवाहीबाट २ लाख ३३ हजार,ट्रयाक्टर चालकलाई गरिएको कारवाहीबाट १ लाख १६ हजार ५ सय,टेम्पो चालकलाई गरिएको कारवाहीबाट १९ हजार र बस चालकलाई गरिएको कारवाहीबाट १० हजार ५ सय राजश्व संकलन भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले सबैभन्दा बढी राजश्व २०८० सालको बैशाख महिनामा संकलन गरेको छ । सो महिना १ लाख २३ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले २ सय वटा सवारीलाई कारवाही गरेको थियो ।
गत आव भन्दा अढाई लाख बढी राजश्व असुल
ट्राफिक प्रहरीले कार्यालय आर्थिक बर्ष २०७८।७९ को तुलनामा २०७९।८० मा २ लाख ५० हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आव २०७९।८० मा ८ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । आव २०७८।७९ मा ट्राफिक प्रहरीले संकलन गरेको राजश्व रकम अहिलेको भन्दा अढाई लाखले कम थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts