गाग्रे ओडारमा रहेका ताप्लेजुङको सुरुम्खिमका तीनजनाको उद्धार प्रयास असफल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३ । चारैतिर पहिरो र खोलाले रोकेर ओडारमा बसिरहेका सिदिङ्वा गाउँपालिका वडा नं ७ सुरुम्खिमका एकाघरका तीनजनाको उद्धार प्रयास असफल भएको छ ।

ओडारमा बसेकाहरुको उद्धार तथा पहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रदेश सुरक्षा अधिकारीका साथ नेपाली सेनाको हेलिकोप्टरमा आएका प्रदेश मन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वको टोली ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण पछि फर्किएको छ । मन्त्री मेन्याङ्वोका स्वकीय सचिव बिबेक बाँनियाले प्रतिकुल मौसमका कारण हेलिकोप्टर पहिरो प्रभावित क्षेत्रमा बस्न नसकेकोले फिर्ता भएको बताउनुभयो । यो टोली संखुवासभा र पाँचथरको पहिरो तथा बाढी प्रभावत क्षेत्रको निरीक्षण तथा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमा ओडारमा फसेका ३ जनाको उद्धारका लागि आएको थियो ।

स्थानीय गाग्रे ओडारमा बस्न बाध्य २३ बर्षिय डेनिस गुरुङ,उहाँकी श्रीमति अनिता राई गुरुङ र उनीहरुका अढाई बर्षिया छोरीको गर्ने प्रयास ओडारमा बस्न बाध्य हुुनुहुन्छ । उहाँहरुको यो अवस्था बुझेपछि जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले उद्धारको बिकल्प बारे प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गृह मन्त्रालय समेतमा अवगत गराउनु भएको थियो ।

डेनिसकी आमा टेकमायाले आफ्ना सन्तानको यो अवस्था बारे जिल्ला बिपद् व्यवस्थापन समितिलाई जानकारी गराउनु भएको थियो । अहिले ओडारमा रहेकाहरुसंग सम्पर्क स्थापित पनि हुन नसकी रहेको टेकमायाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts