ताप्लेजुङ पहिरो ः मेहेलेमा बेपत्ता भएका ४ मध्ये एकजनाको शव भेटियो,खोजी तथा उद्धार कार्य जारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भइरहेका मध्ये ३० बर्षिय गणेश तामाङको शव फेला परेको छ ।

स्थानीय राजेश कडेंलले बेपत्ता भएका ४ मध्ये तामाङको शव फेला परेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले मेहेलेमा भालुखोपका ६३ बर्षिया भगीमाया बुढा क्षेत्री,उहाँकी बुहारी ३० बर्षिया सन्ध्या र नाति ९ बर्षिय प्रज्वल अझै बेपत्ता रहेको र उहाँहरुको खोजतलास तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिरोले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको हो । यादव भने सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङस्थित दिदीको घरमा जानु भएको थियो । पहिरोले घरमा रहेका यादवका श्रीमति,बुहारी र नातिलाई बगाएको छ । यस्तै बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गोपाललाई पहिरोले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका वडा नं ३ आङखोप ईलाबोटे स्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी ४ वटा घरहरु बगाई पूर्ण रुपमा क्षति पु¥याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिरोले त्यहाँ करिव २० घरपरिवार जोखिममा परेको समेत प्रहरीले जानकारी दिएको छ । त्यहाँ केहि पशु चौपाया समेत बगाएको र यसको पूर्ण बिबरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts