ताप्लेजुङका ४ वटा बिद्यालयलाई वन तथा वातावरण संरक्षण सम्वन्धी पाठ्यसामाग्री हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २७ । बिद्यालय तहबाटै वन तथा वातावरण सम्वन्धी सचेतना बिस्तारको मुख्य उद्देश्य सहित डिभिजन वन कार्यालय ताप्लेजुङले यहाँका ४ वटा बिद्यालयलाई पाठ्य सामाग्रीकासाथ एक–एक थान दराज उपलब्ध गराएको छ ।

बिद्यालय वातावरण सुधार कार्यक्रम अन्तरगत यि सामग्री उपलब्ध गराएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिनुभयो । प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङले सामग्री सम्वन्धित बिद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार फुङलिङ नगरपालिका दुई,सिरिजङ्गा र मेरिङदेन गाउँपालिकाका एक–एक बिद्यालयले सामग्री पाएका छन् । सामाग्री पाउनेमा फुङलिङस्थित भानुजन मावि अम्बिटार र युवाबर्ष मावि कैंजले तथा मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङस्थित पृथ्वी मावि र सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङस्थित राष्ट्रिय मावि रहेका छन् ।

बिद्यार्थीहरुमा वन तथा वातारण सम्वन्धी ज्ञान बढाउन,वन तथा वातावरण संरक्षण सम्वन्धी पाठ्यक्रममा समावेश भएका बिषयबस्तुहरु प्रशिक्षणका लागि शिक्षक सहजीकरण गर्न,स्थानीय क्षेत्रमा वन तथा वातावरण संरक्षण सम्वन्धी कानुन बनाउने प्रकृयामा सहजीकरण गर्न र वन तथा वातावरण संरक्षणका अभियानहरु सञ्चालनको विधि र डिभिजन वन र माताहतका वन कार्यालयमार्फत भईरहेका गतिविधि बारे जानकारी गराउन यस्ता सामाग्री हस्तान्तरण गरिएको वन कार्यालयले जनाएको छ ।

कार्यक्रममा बिद्यालयमार्फत वन तथा वातावरण संरक्षणका गतिविधिहरु सञ्चालनबाट हुने फाइदा तथा कार्यक्रमको दिगोपना बारे बक्ताहरुले भनाई राख्नु भएको छ । सहायक वन अधिकृत यादवले यो कार्यक्रम ताप्लेजुङका लागि नौलो भएको र यसको प्रभावकारिता हेरी अन्य बिद्यालयहरुमा समेत बिस्तार गर्ने योजना सुनाउनुभयो ।

ताप्लेजुङमा पाइने महत्वपूर्ण जडिबुटीको जानकारी पुस्तिका,गैह्रकाष्ठ वन पैदावारको सम्भाव्यता अध्ययन प्रतिबेदन,मानव–वन्यजन्तु द्धन्द तथा क्षतिपूर्ति राहत सम्वन्धी जानकारी पुस्तिका,वन डढेलो नियन्त्रणका उपाय दिने जानकारी पुस्तिका,कल्पबृक्ष सहितका गरी करिव २ सय ७ थान पुस्तक रहने भएका छन् ।‘वन तथा वातावरण संरक्षण सम्वन्धी बिद्यालयमा मिनी पुस्तकालय स्थापना गर्ने सोचका साथ कार्यक्रम अघि सारिएको हो’सहायक वन अधिकृत यादवले भन्नुभयो ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts