|

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बुडाक्षेत्रीद्वारा खर्च विवरण सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १३ । २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएका खेलप्रसाद बुडाक्षेत्रीले निर्वाचन खर्च विवरण र्साजनिक गर्नुभएको छ । उक्त निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मदेवार बन्नुभएका बुडाक्षेत्रीले खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका बुडाक्षेत्रीले खर्च विवरण सार्वजनिक गर्दै निर्वाचनमा २६ लाख पाँच हजार रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको खर्च विवरणअनुसार सबैभन्दा बढी आमसभा र कोणसभा गर्दा नौ लाख २५ हजार रुपियाँ खर्च भएको छ ।
त्यस्तै प्रनितिनिधि परिचालनमा सात लाख, सवारी साधन खर्चमा दुई लाख ५० हजार, प्रचारप्रसार सामग्री तीनलाख, अन्तक्र्रिया तथा छलफलमा एकलाख ५० हजार रुपियाँ खर्च भएको उहाँले उल्लेख गर्नुभएको छ । यसैगरी कार्यालय सञ्चालनमा एकलाख, प्रचारप्रचार विद्युतीय माध्यममा ८८ हजार, मतदाता नामावली प्रिन्ट तथा फोटोकपीमा १७ हजार र सबैभन्दा कम नामावली खरिदमा तीन हजार रुपियाँ खर्च भएको उल्लेख गरिएको छ ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका योगेशकुमार भट्टराईसँग २०८ को मतान्तरले बुडाक्षेत्री पराजित हुनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts