मदन भण्डारी स्र्पोट एकेडेमी ताप्लेजुङको अध्यक्षमा पुनः सुबेदी चयन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ४ । मदन भण्डारी स्र्पोट एकेडेमी ताप्लेजुङको अध्यक्षमा पुनःखड्गबिक्रम सुबेदी चयन हुनु भएको छ । सोमवारको भेलाले सुबेदी अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला एकेडेमी निर्बिरोध चयन गरेको छ । एकेडेमीको उपाध्यक्षमा रुपा नेयोङ,सचिवमा राजु नेपाली,सहसचिवमा नरेन्द्र भट्टराई,कोषाध्यक्षमा घनश्याम खड्का चयन हुनु भएको छ । सदस्यहरुमा राजेश कडेंल,सन्तोष पालुङ्वा,राजकुमार तामाङ,सञ्जोग लिम्बू,पृथ्वी पालुङ्वा लिम्बू र अभिषेक खिम्दिङ चयन हुनुभयो ।

मदन भण्डारी स्र्पोट एकेडेमीका केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एकेडेमीका उपमहासचिव मदन उप्रेती,प्रदेश सरकारका पूर्व मन्त्री एवम् नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बलबहादुर साम्सोहाङ र प्रदेश कमिटी सदस्य तथा फुङलिङ नगरपालिकाका पूर्व नगरप्रमुख छत्रपति प्याकुरेल सहितको उपस्थिति रहेको मदन भण्डारी स्र्पोट एकेडेमीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts