थप २७४ जनामा कोरोना संक्रमण, २२७ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १३ । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts