सडक कालोपत्रे गर्न मेरिङदेनको साक्फारा देखि सान्थाक्राको पहिलो टर्निङसम्मको सडक बन्द हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ४ । सडक कालोपत्रे तथा स्तरोन्नती गर्ने कार्यका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित साक्फारा देखि सान्थाक्राको पहिलो टर्निङसम्मको सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र कुमालका अनुसार दोभान बजार देखि पालिकाको केन्द्रसम्मको सडक कालोपत्रे गर्ने आयोजनाको पहिलो खण्डको कालोपत्रे गर्ने कार्य मंसिर ५ गते शनिवारबाट सुरु हुने छ ।
निर्माण कार्यलाई गुणस्तरीय,सुरक्षित तथा द्रुत गतिमा सम्पन्न गर्ने कार्यका लागि उक्त सडक खण्डको साक्फारा देखि सान्थाक्राको पहिलो टर्निङसम्मको सडक क्षेत्रमा साना तथा ठूला सवारी साधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको पालिकाले जनाएको छ ।
पालिकाले साना चारचक्के तथा दुईचक्के सवारी साधनहरुले वैकल्पिक मार्गको रुपमा मयुरडाँडा–साक्फारा सडक क्षेत्र प्रयोग गर्न सक्ने समेत पालिकाले जनाएको छ ।