एमबिबिएस अध्ययनरतलाई दिईने छात्रबृत्तिका लागि पाथीभरा याङवरकले माग्यो आबेदन

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले एमबिबीएस अध्ययनका लागि छात्रबृत्ति आवह्वान गरेको छ ।

पालिका भित्रका सामुदायिक बिद्यालयबाट बिद्यालय शिक्षा परीक्षा(एसईई)उर्तीण गरी अहिले एमबिबीएस अध्ययनरत बिद्यार्थीहरुका लागि पालिकाले छात्रबृत्तिका लागि आबेदन माग गरेको हो । पाथीभरा याङवरक गाउँपालिकाले पालिका भित्रका स्थायी बासिन्दा र पालिका भित्रकै सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरी एमबिबिएस अध्ययनरत बिद्यार्थीहरुलाई छात्रबृत्ति दिन चालु आर्थिक बर्ष २०८३।८४ मा बजेटको प्रवन्ध गरेको छ ।

पालिकाका शिक्षा अधिकृत(सातौं)ठाकुर प्रधानका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिहरुले असोज १० गते पालिकामा आबेदन दिईसक्नुपर्ने हुन्छ । आबेदनका साथ नागरिकताको प्रतिलिपि,बैंक चेकको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिसपत्र र अध्ययरत रहेको सम्वन्धित शिक्षण संस्थाको सिफारिसपत्र समेत पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

Similar Posts