एनआरएनए टर्कीद्धारा एकता र सद्भावका लागि अपिल
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १७ । गैर आवासीय नेपाली संघ(एनआरएनए)टर्कीले धार्मिक एकता,सामाजिक सद्भाव र राष्ट्रिय मेलमिलाप कायम गर्न सम्वन्धित सबै पक्षलाई अपिल गरेको छ ।
नेपालको तराई क्षेत्रमा देखिएको धार्मिक तनाव तथा सामाजिक असहिष्णुताप्रति गहिरो चिन्ता व्यक्त गर्दै एनआरएनए टर्कीले आइतवार विज्ञप्तिमार्फत सम्बाद,एकता,मानवता र शान्तिको मार्ग खोज्न सबैलाई आवह्वान गरेको छ ।
एनआरएनए टर्कीका अध्यक्ष डाक्टर बिनोद पौडेल(फुङलिङ–२) र महासचिव मोहम्मद जावेद अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा बहुधार्मिक तथा बहु साँस्कृतिक विविधता नै नेपालको गौरवपूर्ण पहिचान र साझा सम्पत्ति भएको र यसको संरक्षण गर्नु नै सम्पूर्ण नेपालीको साझा दायित्व भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा धर्म र संस्कृतिबिचमा रहेका भिन्नताहरु विभाजनका संकेत नभई राष्ट्रिय एकता र सौन्दर्यका आधारहरु रहेको स्मरण गर्दै सम्पूर्णलाई घृणा,उत्तेजना र भ्रामक सूचना नफैलाई एकता,सद्भाव र सहिष्णुताको बाटो रोज्न आग्रह गरिएको छ ।