ताप्लेजुङमा एक आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु,५९ जना घाइते
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २ । ताप्लेजुङमा आर्थिक बर्ष २०८२।८३ मा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । घटनामा परी ५९ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी सहायक हवल्दार सुवास काम्वाङका अनुुसार एक आर्थिक बर्षमा आवश्यक कागजात नभएका ५ वटा सवारी साधन नियन्त्रण लिई आवश्यक कारवाहीका लागि राजश्व कार्यालय पठाईएको छ । एक आर्थिक बर्षको अवधिमा ८ सय ५१ वटा सवारी कारवाहीमा परेका छन् ।
काम्वाङका अनुसार सवारी कारवाहीबाट कूल ८ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व असुली गरिएको छ । उक्त अवधिमा ३६ वटा ट्रक,७ वटा बस,२ सय ६२ वटा कार र जीप,४६ वटा ट्रयाक्टर,४ सय ६२ वटा मोटरसाइकल,३३ वटा सफारी र अन्य एक सवारी कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक बर्ष २०८१।८२ मा १ हजार ५७ वटा सवारीमाथि कारवाही गरेको थियो । उक्त कारवाहीका क्रममा ८ लाख ३१ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको थियो ।