सुस्त श्रवण बिद्यार्थीलाई ब्लाङकेट र ज्याकेट बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ७ । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत शारीरिक रुपमा अक्षम(सुस्त श्रवण)बालबालिकालाई ब्लाङकेट र ज्याकेट बितरण गरिएको छ ।

झापा दमक घर भई अहिले अमेरिका बस्दै आएका गंगा निरौला,बेदा नेपाल,रुकमिणी नेपाल,चन्द्र नेपाल,गोमा नेपाल,सोफिया पौडेल र लिसन दाहालले मिलेर दिनु भएको ११ थान ब्लाङकेट र करिव २२ जना शारीरिक रुपमा अक्षम बिद्यार्थीलाई ज्याकेट बितरण गरिएको हो । उक्त सामग्रीको व्यवस्थापन तथा बितरणमा सहयोग गर्ने बिमला दाहाल र दिनेश दाहाललाई बिद्यालयले सम्मान समेत गरेको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेलले बालबालिकालाई प्राप्त भएको सहयोगलाई सहि रुपले सदुपयोग गर्नेमा दाताहरुलाई विश्वास दिलाउनुभयो । बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले दाताहरुको सहयोगप्रति आभार प्रकट गर्दै यस्ता सहयोगले शारीरिक रुपमा अक्षम बिद्यार्थीको दैनिक जीवनयापन सहज हुने विश्वास लिनुभयो ।

Similar Posts