ताप्लेजुङमा एसईईका लागि ११ वटा परीक्षा केन्द्र,साविकभन्दा ६ वटा कटौति,मैवाखोला र मिक्वाखोलामा छैनन् केन्द्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २ । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन् । यही चैत १९ गतेदेखि हुने एसईई परीक्षाका लागि अघिल्लो बर्ष भन्दा यो बर्ष ६ वटा परीक्षा केन्द्र कटौतिमा परेका छन् ।

यसबर्ष मैवाखोला र मिक्वाखोला गाउँपालिकामा कुनैपनि परीक्षा केन्द्र तोकिएको छैन । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार कम्तिमा १ सय ५० जना भन्दा कम बिद्यार्थी भएको स्थलमा परीक्षा केन्द्र निर्धारण गर्न नसकिने निर्देशिका आएकोले सोहि अनुसार निर्धारण गर्दा दुई पालिकामा कुनैपनि परीक्षा केन्द्र कायम नभएको हो । यसबर्ष फुङलिङ नगरपालिकामा भानुजन मावि,युवा बर्ष मावि कैंजले,बालसुवोधिनी संस्कृत मावि मेदिवुङ र सिद्धकाली मावि गरी ४ वटा परीक्षा केन्द्र कायम भएका छन् ।

सिरिजङ्गा गाउँपालिकाका सिनाम मावि सिनाम र तेल्लोक मावि तेल्लोक गरी दुईवटा केन्द्र कायम भएका छन् । मैवाखोला र मिक्वाखोला गाउँपालिकाका कुनैपनि परीक्षा केन्द्र कायम नहुँदा बाँकी रहेका सबै पालिकामा १–१ वटा परीक्षा केन्द्र कायम भएका छन् । फक्ताङलुङ गाउँपालिकामा सिँवा मावि लिङखिम,मेरिङदेन गाउँपालिकामा त्रिभुवन मावि थुकिमा,पाथीभरा याङवरक गाउँपालिकामा थेचम्बु मावि थेचम्बु,सिदिङ्वा गाउँपालिकामा भञ्ज्याङ मावि लिम्बूदिन र आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती मावि हाङपाङ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

यसबर्ष साविकमा कायम रहेकामध्ये फुङलिङको जनता मावि हाङदेवा,मैवाखोलाको मैवाखोला मावि ढुङगेसाँघु,मिक्वाखोलाको मोति मावि खोक्लिङ,आठराई त्रिबेणीको दुर्गा मावि फुलवारी,फक्ताङलुङको सरस्वती मावि तापेथोक र सिरिजङ्गाको गणेश मावि खेवाङ परीक्षा केन्द्र कटौतिमा परेका छन् ।

भानु जनमाध्यमिक विद्यालयमा लिटलबुद्ध आवासीय मावि,अक्सफोर्ड मोर्डल बोर्डिङ स्कुल, नवज्योति आवासीय मावि,कञ्चनजङ्घा आवासीय मावि,मेची सेन्टमेरिज आवासीय मावि,कञ्चन एकेडेमी र सिँवा मावि लिङखिमका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यहाँ दुईसय जना बिद्यार्थीले परीक्षार्थीले परीक्षा लेख्नेछन् ।

सिँवा मावि लिङखिम परीक्षा केन्द्रमा आदर्श मावि खेजेनिम,रविकला मावि सावादिन,खेजेनिम मावि खेजेनिम,सरस्वती मावि तापेथोक,सुनदेवी मावि इखाबु,सरस्वती च्यारिबुक मावि लेलेप,पार्वती मावि तापेथोक,सेवालुङ मावि इखाबु,मयाम मावि फुरुम्बु र मोति मावि खोक्लिङका बिद्यार्थीले परीक्षा लेख्नेछन् । त्यहाँ १ सय ५१ विद्यार्थी रहनेछन् ।

युवावर्ष मावि कैजलेमा भानुजन मावि फुङलिङ,नारायणी मावि साँघु,मैवाखोला मावि ढुङ्गेसाघु,सरस्वती मावि हाङपाङ र पृथ्वी मावि खाम्लुङका (प्राविधिक धारतर्फ)का तथा साधारण र खुल्लातर्फ जनता मावि हाङदेवा,भानुजन मावि,साङ्क देछ्योलिङ र सरस्वती मावि हाङपाङका गरी कुल १ सय ८८ जनाले परीक्षा लेख्नेछन् ।

बाल सुबोधिनी संस्कृत माविमा भानुजन मावि साधारणतर्फ र सिद्वकाली मावि दोखुका गरी २ सय २१ परीक्षार्थीले परीक्षा लेख्नेछन् ।

१ सय ५४ जना परीक्षार्थीले परीक्षा दिने त्रिभुवन मावि थुकिमामा पान्दोलुङ मावि नाल्बु,साँवा मावि साँवा,पृथ्वी मावि खाम्लुङ(साधारण),सिँहकालीमावि थिङलाबु,लक्ष्मी मावि लिङतेप,बाल्देन मावि पापुङ,सूर्यदेवी मावि सान्थाक्रा,सुर्के मावि थुकिमा र पञ्चेश्वरी मावि लिबाङका परीक्षार्थीले परीक्षा दिनेछन् ।

सिनाम मावि परीक्षा केन्द्रमा १ सय ७६ परीक्षार्थीले परीक्षा दिनेभएका छन् । उक्त परीक्षा केन्द्रमा आम्बेगुदिन मावि रजा,सरस्वती मावि साब्लाखु,बाल कल्याण मावि सुरुम्खिम,भञ्ज्याङ मावि लिम्बूदिन र सरस्वती मावि सिकैचाका बिद्यार्थीले परीक्षा दिनेछन् ।

थेचम्बु मावि परीक्षा केन्द्रमा कालिका मावि तिरिङ्गे,कालिका मावि नाङखोल्याङ,शारदा मावि थुम्बेदिन,चाक्सिबोटे मावि चाक्सिबोटे,सिद्धेश्वरी मावि डुम्रिसे,सिम्बु मावि फावाखोला र २०७९ को ग्रेडबृद्धिका सबै परीक्षार्थी गरी कुल १ सय ५५ विद्यार्थीले परीक्षा दिनेछन् ।

तेल्लोक मावि तेल्लोक परीक्षा केन्द्रमा गणेश मावि खेवाङ,कञ्चनजंघा मावि याम्फुदिन,राष्ट्रिय मावि पेदाङ,सिनाम मावि सिनाम र लक्ष्मी मावि मामाङ्खेका गरी कुल १ सय ५१ परीक्षार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

भञ्ज्याङ मावि लिम्बूदिनमा सिद्धेश्वरी मावि सादेवा,तेल्लोक मावि तेल्लोक,सिंहेश्वरी मावि आङखोप र निलगिरी मावि मेहेलेका २ सय ८ जना परीक्षार्थीले परीक्षा लेख्नेछन् ।

सरस्वती मावि हाङपाङ परीक्षा केन्द्रमा नारायणी मावि साँघु(साधारण),परमसिंहदेवी मावि निघुरादिन,गुप्तेश्वर मावि फुलवारी,सरस्वती मावि फुलवारी,जनकल्याण मावि ढुङगेसाँघु,त्रिभुवन मावि थुकिमा,महेन्द्र मावि फाकुम्बा,पार्टीडाँडा मावि फाकुम्बा,चाँगे मावि चाँगे,छातेढुङ्गा मावि चाँगे,दुर्गा मावि फुलवारी र मैवाखोला मावि ढुङगेसाँघु(साधारण धारतर्फ)का २ सय ३६ परीक्षार्थीले परीक्षा लेख्नेछन् । यो केन्द्र जिल्लामा सबैभन्दा बढी परीक्षार्थी रहेको केन्द्र हो ।

सिद्धकाली मावि दोखु परीक्षा केन्द्रमा थेचम्बु मावि थेचम्बु,युवाबर्ष मावि कैंजले दोखु,वीरेन्द्र मावि देवलिङ्गे र बासुसं मावि मेदिवुङका १ सय ५४ परीक्षार्थीले परीक्षा लेख्नेछन् । यस वर्ष ताप्लेजुङमा साधारण धारतर्फ नियमितमा १ हजार ३ सय ४० तथा ग्रेडबृद्धिका ५ सय ४७ र प्राविधिक धारतर्फ नियमितका १ सय ३ र ग्रेडबृद्धिका १९ गरी कुल २ हजार ९ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

Similar Posts