भौगोलिक हिसावले कठिन रहेको फक्ताङलुङ–६ लेलेपमा ५ मतदानस्थल
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १२ । ताप्लेजुङमा सबैभन्दा धेरै मतदान केन्द्र फुङलिङमा र कम मेरिङदेनमा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यसबर्ष पाँच मतदानस्थल थप हुँदा फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपमा पाँच मतदान स्थल र उतिनै संख्यामा मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलाल(विपिन)का पाँच मतदान केन्द्र रहेको वडा लेलेप अनुसार भौगोलिक हिसावले ठूलो र दूरीका हिसावले निकै लामो पैदल मार्ग पार गर्नुपर्ने वडा हो । जिल्ला निर्वाचन कार्यालयमा अनुसार फुङलिङमा २१ मतदान केन्द्र रहेका छन् । फक्ताङलुङमा १७ मतदान केन्द्र हुँदा सिरिजङ्गामा १६ मतदान केन्द्र रहेका छन् । यस्तै पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकामा १३–१३ मतदान केन्द्र हुँदा आठराई त्रिबेणी,मैवाखोला र मिक्वाखोलामा गाउँपालिकामा १२–१२ वटा मतदान केन्द्र रहेका छन् ।
मेरिङदेनमा भने ११ वटा मतदान केन्द्र रहेका छन् । यसअघिका निर्वाचनमा ७५ मतदान स्थल र एकसय २३ मतदान केन्द्र रहेकोमा यसबर्ष फक्ताङलुङ गाउँपालिकाको वडा नं २ मा एक तथा वडा नं ६ मा दुई गरी तीन तथा मैवाखोला र मिक्वाखोलामा एक–एक मतदानस्थल थप भएका छन् । थप भएका सहित ताप्लेजुङमा ८० मतदान स्थल र एकसय २३ मतदान केन्द्र रहेका छन् । ताप्लेजुङमा ९० हजार तीनसय २७ मतदाता रहेकामा पुरुष मतदाता ४८ हजार दुईसय ८५ तथा महिला मतदाता ४२ हजार ४२ जना रहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचन भन्दा यहाँ दुईहजार ४२ मतदाता बढेका हुन् । ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् ।