एमाले ताप्लेजुङका दुई नेताहरुको कारवाही फुकुवा
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १० । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङका दुई नेताहरु माथिको कारवाही फुकुवा गरेको छ ।
पुस ९ गतेको मितिले कारवाही फुकुवा भएको पत्र एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङ जिल्ला कमिटी र केन्द्रीय संगठन विभागलाई बोधार्थ दिएको हो । कारवाही फुकुवा हुनेमा एमाले ताप्लेजुङका पूर्व अध्यक्ष तथा कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य बलबहादुर साम्सोहाङ र एमाले कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमू रहनु भएको छ ।
मंसिर ११ गतेको पत्रले साम्सोहाङ र पोमूलाई १५ दिनको स्पष्टीकरण समेत कारवाही भएको थियो । साम्सोहाङ कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन् भने पोमू एमाले ताप्लेजुङका पूर्व उपसचिव समेत हुनुहुन्छ ।