‘एक वडा,एक उत्पादन’ कार्यक्रममा ४४ लाख खर्च गर्दै फक्ताङलुङ

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले वडा नं ७ ओलाङचुङगोला बाहेक पालिकाका बाँकी ६ वटा वडामा ‘एक वडा,एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार पालिकाको चालु आर्थिक बर्ष २०८२।८३ को बार्षिक स्वीकृत कार्यक्रममा बिनियोजन भएको बजेटबाट ‘एक वडा,एक उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ अनुसार कार्यक्रम सञ्चालन गरिने छ । पालिकाले वडा नं १ सावादिन,वडा नं २ खेजेनिम,वडा नं ३ लिङखिम,वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपमा कार्यक्रम सञ्चालन गर्ने छ ।

कार्यक्रमका लागि ४४ लाख रुपैयाँ खर्च गर्ने तयारी रहेको पालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने इच्छुक किसान,कृषक समूह,कृषि फर्म र कृषि सहकारीहरुले माघ १८ गते भित्र कार्यालयमा निबेदन दिईसक्नुपर्ने हुन्छ । निबेदकले कुन बालीमा कार्यक्रम सञ्चालन गर्न चाहेको हो भन्ने बिषय खुलेको सम्वन्धित वडा कार्यालयको निर्णय सहितको प्रति पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।

Similar Posts