महिला अधिकारका राष्ट्रिय अभियानको ताप्लेजुङमा मादेन
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ३ । महिला अधिकारका राष्ट्रिय अभियान ताप्लेजुङको अध्यक्षमा शान्ति मादेन चयन हुनु भएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनु भएकी मादेन अध्यक्ष रहेको समितिको उपाध्यक्षमा संगिता राई,सचिवमा नीता सिवा र कोषाध्यक्षमा बिष्णु ओझा रहनु भएको छ । समितिको सदस्यहरुमा प्रमिला गुरुङ,लक्ष्मी भण्डारी,सुनिता विक,तुलसा विक र सीता भट्टराई रहनु भएको छ ।
ताप्लेजुङसहित देशका ४५ जिल्लामा यस्तो संङ्गठन गठन गरिएको र सबै जिल्लाहरुमा बिस्तार गर्ने क्रममा रहेको अध्यक्ष मादेनले जानकारी दिनुभयो ।
महिला अधिकार,महिला सहभागिता र महिलाहरुको नेतृत्वको आवाज बुलन्द गर्दै महिला सशक्तिकरणमा अग्रसर हुन यस्तो समिति गठन गरिएको मादेनले बताउनुभयो ।
फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाको आतिथ्यतामा भएको भेलाले समिति गठनलाई पूर्णता दिईएको हो ।