७५ प्रतिशत अनुदानमा तरकारी बिरुवा दिदैं फक्ताङलुङ
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा पालिकाका किसानलाई तरकारीका बिरुवा उपलब्ध गराउने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार पालिकाको स्वामित्वमा रहेको एकीकृत पशुपंक्षि अनुसन्धान केन्द्र छिरुवामा उत्पादित विभिन्न जातका तरकारीबालीका गुणस्तरीय बिरुवा पालिकाले ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार पालिकाले बन्दा,काउली,रायो साग र चाइनिज सागका बिरुवा पालिकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा बितरण गर्न लागेको हो ।
इच्छुक किसानहरुलाई पालिकाले पुस २३ गते छिरुवास्थित एकीकृत पशुपंक्षि अनुसन्धान केन्द्रबाट उपलब्ध गराउने समेत जनाएको छ ।