तेम्बेमा माघ १ देखि भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १४ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं–२ तेम्बेमा लाग्दै आएको ऐतिहासिक माघे मेलाको अवसरमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
आयोजक सृजनशील स्पोर्टिङ युवा क्लवका अध्यक्ष उमेश लिम्बूका अनुसार डबल ब्याडमिन्टन प्रतियोगिता हुने छ । अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका बिजेताले १ लाख ५ हजार रुपैयाँ नगद सहित तीनबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद ५५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक सृजनशील स्पोर्टिङ युवा क्लवले जनाएको छ ।
माघ १ गते देखि सुरु भई ४ गते सकिने मेला अन्तरगत ब्याडमिन्टनतर्फ प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ र द्धितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । भलिबलका लागि ५ हजार र ब्याडमिन्टनका लागि १ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको समेत क्लवका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।