ताप्लेजुङ प्रहरीद्धारा‘सहकर्मीसंग एक कप चिया’कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ‘सहकर्मीसंग एक कप चिया’कार्यक्रम सुरु गरेको छ ।

कर्मचारीहरुबिच आपसी सद्भाव,आत्मीयता,सहकार्य र सामूहिक भावना प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले यो अवसरमा अन्तरकृया कार्यक्रममार्फत प्रहरी कर्मचारीका गुनासा तथा पीरमर्का सुनी आवश्यक सम्बोधनका लागि सम्वन्धित प्रहरी अधिकारीलाई निर्देशन समेत दिनु भएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

Similar Posts