मावि तहका ५ गणित शिक्षकलाई स्थानीय तह छान्न म्याद
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १ । शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले माध्यमिक तहको गणित बिषयमा सफल भई सिफारिस भएका उम्मेदवारलाई स्थानीय तह छनौटका लागि आवह्वान गरेको छ ।
स्थायी नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भएका ५ जना गणित शिक्षकलाई स्थानीय तह छान्न समय दिईएको निमित्त इकाई प्रमुख रामनारायण चौधरीले जानकारी दिनुभयो । छनौटकर्ताले पुस ६ गते आबेदन गरिसक्नुपर्ने शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले जनाएको छ ।
निमित्त इकाई प्रमुख चौधरीका अनुसार सिरिजङ्गा गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिका,मैवाखोला गाउँपालिका,फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा १–१ जनाका दरले माध्यमिक तहको गणित बिषयका शिक्षकले स्थान छनौटको आबेदन गर्नुपर्ने छ ।
तोकिएको समय भन्दा अगावै सबै उम्मेदवारले स्थानीय तह छनौट गरेमा नियुक्तिपत्र दिई स्थायी पदस्थापनका लागि पठाईने र कुनै उम्मेदवारले स्थानीय तह छनौट नगरेमा बिषय रिक्त रहेको व्यहोरा स्थानीय तहमा पठाउने समेत शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले जनाएको छ ।