तिरिङ्गेमा पुस १० बाट वडास्तरीय पुरुष भलिबल हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १८ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा पुस १० गते देखि वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक याङसिम्बेक एकता सञ्चार क्लवका अध्यक्ष खगेन्द्र लिम्बूका अनुसार प्रतियोगिताका बिजेताले नगद ७० हजार र उपबिजेताले ४० हजारका ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । क्रिसमस तथा तमू ल्होसारको अवसर पारेर साँस्कृतिक कार्यक्रम सहित वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक दिवस कार्कीले जानकारी दिनुभयो ।

साँस्कृतिक कार्यक्रम संयोजक हेमराज भट्टराईका अनुसार साँस्कृतिक कार्यक्रम(नृत्य)तर्फ प्रथम हुनेलाई नगद ५ हजार र द्धितीय हुनेलाई ३ हजार रुपैयाँका साथ प्रमाणपत्र प्रदान गरिने छ । भलिबल प्रतियोगितामा अतिरिक्त सहित ९ जना खेलाडी हुनुपर्ने आयोजक क्लवले जानकारी दिएको छ । खेल तिरिङ्गेस्थित(याङसिम्बेक)टोलको टारीखेल मैदानमा सञ्चालन गरिने क्लवका सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।

Similar Posts