वन पैदावार व्यवसायी संघ ताप्लेजुङमा राई

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १७ । वन पैदावर व्यवसायी संघ ताप्लेजुको चौथो अधिबेशनले ज्ञानवहादुर राई(वाईबी)को अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।

बुधवार भएको अधिबेशनले उपाध्यक्ष टीकाराम सुनुवार,सचिवमा रवीन गुरुङ,सहसचिवमा किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो,मनिष हेल्लोक,युवराज बोगटी, मंगलसिंह बिश्वकर्मा रहनु भएको छ ।

लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यहरुमा कोपिला(गोपी) भट्टराई र जयप्रकाश भट्टराई चयन हुनु भएको छ । व्यवसायीहरुले व्यवसायीक चुनौती, आगामी दिनका कार्ययोजना लगायतका विषयमा समेत छलफल गरेको जनाएका छन् ।

Similar Posts