फुङलिङ नगरपालिकाले आफ्नै लोगो बनाउँदै,लोगो छनौट भए ५० हजार पुरस्कार !

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले अब आफ्नै लोगो बनाउने भएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार प्रकाश पौडेलका अनुसार लोगो डिजाइन गरी यही मंसिर २९ गते भित्र कार्यालयमा पेश गरिसक्नुपर्ने छ । छनौट भएको लोगोलाई पालिकाले ५० हजार रुपैयाँ प्रदान गर्ने समेत पौडेलले बताउनु भएको छ् । पौडेलका अनुसार लोगोमा नगरपालिकाको नाम,भौगोलिक नक्सा,राष्ट्रिय झण्डा र स्थापना मितिलाई अनिवार्य समावेश गर्नुपर्ने छ । लोगोमा मौलिक र सृजनात्मकतालाई प्राथमिकता दिनुपर्ने,लोगो रंगिन हुनुपर्ने,लोगोमा प्रयोग भएका संकेतहरुको संक्षिप्त बाख्या सहित पेश गर्नुपर्ने समेत नगरपालिकाले जनाएको छ ।

लोगोमा कुनैपनि जातीय विभेद,साम्प्रदायिकता,सार्वभौमसत्ता र राष्ट्रियतालाई खलल् पार्ने कुनैपनि संकेत वा चिन्ह प्रयोग गर्न नपाइने भएको छ । लोगो निर्माणकर्ता नेपाली नागरिक हुनुपर्ने,मूल्याङ्कन समितिले प्राप्त लोगोको मस्यौदा परिमार्जन वा संशोधन गर्न आग्रह गरे त्यसलाई स्वीकार गर्नुपर्ने सर्त समेत नगरपालिकाले अघि सारेको छ । स्वीकार गरिएको लोगोको सर्वाधिकार नगरपालिकामा रहने र निर्माणकर्ताले त्यसलाई अन्यत्र प्रयोग गर्न नपाइने नियम समेत नगरपालिकाले बनाएको छ । फुङलिङ नगरपालिकाको नारा‘यातायात सञ्जाल,व्यवसायिक कृषि,पर्यटन र पूर्वाधार,शिक्षा स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’भन्ने रहेको छ ।

Similar Posts