रोकी राखेको मोटरसाइकलबाट अचानक सुरु भएको आगोले ताप्लेजुङको साँवामा ४ घर जलेर नष्ट
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । घर नजिकै रोकी राखेको मोटरसाइकलबाट अचानक सुरु भएको आगोले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा तेम्बामा ४ घर जलेर नष्ट भएको छ । स्थानीय गजेन्द्र थलङका अनुसार ति ४ घरमा ५ परिवार बस्दै आउनु भएको थियो ।
थलङका अनुसार राजकुमार साँवा,इन्द्र साँवा,बिष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको छ । दोर्ची र पासाङफुटी शेर्पा समेत त्यही बस्दै आउनु भएको थियो ।
४ वटै घरमा होटल व्यवसाय र पसल समेत रहेको हुनाले ठूलो मूल्य बराबर धनको क्षति भएको थलङले बताउनुभयो ।