सोमवार फुङलिङले दियो स्थानीय बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । चासोक तङ्नाम(न्वागी खाने पर्व)को अवसर पारेर ताप्लेजुङको फुङलिङ नगरपालिकाले सोमवार(भोली)एकदिनका लागि स्थानीय बिदा दिएको छ ।

नगरपालिकाकोतर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सार्वजनिक सूचना आवह्वान गर्दै याक्थुङ चुम्लुङ धर्मावलम्बीहरुको चाड चासोक तङ्नामको अवसरमा एकदिन स्थानीय बिदा दिएको बताउनु भएको छ ।

पौडेलका अनुसार उक्त दिन नगरपालिकाको कार्यालय,वडा कार्यालय र शिक्षण संस्थाहरुमा बिदा कायम हुने छ । स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने अति आवश्यक बाहेकका अरु सबै सेवाहरु समेत बन्द हुने नगरपालिकाले जनाएको छ ।

Similar Posts