जेन जी ताप्लेजुङको निरन्तर दबाब: गोला मूल भन्सारमा नासु सेढाईँ आउने पत्रमा विभागले लगाईदियो तोक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा मंसिर १ गते देखि कर्मचारी पठाउने गरी भन्सार विभागले तोक लगाईदिएको छ । यो बाटो म्याद बाहेकको समय हो ।

मूल भन्सार कार्यालयमा खटाइने कर्मचारी लिएरै जाने भन्दै जेन जी ताप्लेजुङको एक समूह नियमित रुपले भन्सार विभागको ध्यानाकर्षणमा गराएको थियो । जेन जी ताप्लेजुङको तर्फबाट दिनेश सिग्देल र मुकेश कार्कीले भन्सार विभागको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा पुगेर ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा कर्मचारी खटाइदिन भन्सार विभागको नियमित ध्यानाकर्षण गर्नु भएको थियो । जेन जी ताप्लेजुङका अगुवामध्येका एक सागर लामगादेले मंसिर ३ या ४ गते देखि ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा नासु प्रेम सेढाईँ सहितका कर्मचारी बस्ने गरी विभागले कर्मचारी खटाएको जानकारी दिनुभयो ।

जेन जी ताप्लेजुङको समूहले भन्सार कार्यालय स्थापना र कर्मचारी खटनपटन तथा मौवाटारमा सुख्खा बन्दरगाह निर्माणसहितका बिषयमा नियमित रुपले प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मासंग छलफल तथा ध्यानाकर्षण गरेको थियो । ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा नासु १,खरिदार १ तथा कार्यालय सहयोगी श्रेणीविहिन २ गरी ४ कर्मचारीको दरबन्दी तेरिज रहेकोमा राजश्वतर्फ कायम रहेको खरिदार तहको दरबन्दी कटौति गरी ३ जना मात्र कायम गरिएको छ । स्थायी पदपूर्ति नभएमा कम्युटर अपरेटर,हलुवा सवारी चालक र कार्यालय सहयोगी सेवा करारमा लिन सकिने व्यवस्था गरिएको छ ।

Similar Posts