सशस्त्र प्रहरीद्धारा सीमा क्षेत्र कालिखोलाका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान,सचेतनामुलक कार्यक्रम समेत गरियो

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २४ । सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामार्फत ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलामा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक तथा बिद्यार्थीलाई लक्षित गर्दै कालिखोला आधारभूत बिद्यालयमा शैक्षिक सामग्री बितरण र सचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठले जानकारी दिनुभयो । पाठकका अनुसार उक्त बिद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययरत २५ जना बिद्यार्थीलाई स्कुल ब्याग,ज्यामिति वक्स,कापी,पेन्सिल सहितका शैक्षिक सामग्री तथा न्यानो कपडा(टोपी,इनर सेट) बितरण गरिएको छ । सो अवसरमा सप्रनाउ पाठकले सीमा सुरक्षाको महत्व र सीमा अपराध नियन्त्रण सहितका बिषयमा अभिमुखीकरण समेत गराउनु भएको थियो ।

कार्यक्रममा सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ,सुरक्षा निकायका प्रमुख,कालिखोलाका वडाध्यक्ष गोपाल बानियाँ सहितका स्थानीय प्रतिनिधि,शिक्षक,बिद्यार्थी र स्थानीय बासिन्दाको उपस्थिति रहेको सशस्त्र प्रहरी वलले जनाएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्दै उनीहरुलाई सीमा सुरक्षा र सामाजिक विकृति बिरुद्ध सचेत पार्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको गत सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति पाठकले जानकारी दिनुभयो ।

Similar Posts