ताप्लेजुङको सिदिङ्वाका बिद्यालयमा शुक्रवार शोक बिदा
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका बिद्यालयमा शुक्रवार एकदिनका लागि शोक बिदा दिईएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको खुवा आधारभूत बिद्यालयका शिक्षक दिलिपकुमार मण्डलको निधनको शोक मनाउन शुक्रवार एकदिनका लागि बिद्यालय बन्द गरिएको हो ।
सिराहाको विष्णुपुर गाउँपालिका वडा नं ३ मुसहर्निया घर भएका मण्डलको आफ्नै घरमा करेन्ट लागी यही कात्तिक २ गते निधन भएको थियो । उहाँ दशैं,तिहार र छैट मनाउन घर पुगेका बेला खेतमा पानी लगाउने क्रममा करेन्ट लागि मृत्यु भएको थियो । उहाँको मृत्यु भएको १३ औं दिनको पुण्य तिथीको दिन शुक्रवार बिदा दिएको पालिकाले जनाएको छ ।