फावाखोलामा आँखा सहितको दुईदिने स्वास्थ्य शिविर
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १२ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलास्थित पवित्र आधारभूत बिद्यालयमा आँखा सहित मानव स्वास्थ्यसंग सम्वन्धित शिविर सुरु भएको छ । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण समेत गरिने भएको छ ।
ओएस म्युजिक प्रालिले नेपाल नेत्रज्योति संघ ताप्लेजुङसंग समन्वय गरी आँखा शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरसंगै जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत गरिने ओएस म्युजिक प्रालिका अनिल भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार शविरमार्फत महिलाको परिवार नियोजन कार्यक्रम गरिने छ भने शिविरमा उपस्थित आम नागरिकको जनरल स्वास्थ्य परीक्षण अन्तरगत प्रेसर र सुगरको चेकजाँच गरिने छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकद्धारा हुने आँखा स्वास्थ्य शिविरमार्फत ४० बर्ष माथि उमेर समूहका व्यक्तिलाई पढ्न मिल्ने रिडबेल चश्मा समेत निःशुल्क उपलब्ध गराईने भएको छ ।
शिविरका लागि ओएस म्युजिक प्रालिले ताप्लेजुङ जिल्ला अस्पताल,स्वास्थ्य कार्यालय,नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र फुङलिङ नगरपालिका वडा नं ११ को कार्यालय फावाखोलासंग समेत सहकार्य गरेको जनाएको छ ।