कात्तिक १० सम्ममा पाथीभरामा झण्डै १६ हजार दर्शनार्थी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १० । कात्तिक १० गते सम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा झण्डै १६ हजार तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार कात्तिक १० गते सोमबार २ हजार ६७८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यो संगै कात्तिक महिनाको १० गतेसम्ममा पाथीभरा मन्दिरको दर्शन गर्ने तीर्थालुको संख्या १५ हजार ९१२ पुगेको छ । शनिवार यो सिजनकै सबैभन्दा बढी दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए । उक्तदिनको संख्या ६ हजार ३९३ रहेको थियो । आइतवार २ हजार ९७४ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक १ गते १ हजार ८४० जना,२ गते ३४१ जना,३ गते ७७४ जना,४ गते ३७२ जना र ५ गते १४३,६ गते १४७ जना र ७ गते २५० जना तीर्थालु मन्दिर दर्शनका लागि पुगेका थिए । २०८१ सालको कात्तिक महिनामा ६१ हजार १७३ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको तथ्यांक क्षेत्र विकास समितिसँग छ । २०८२ सालको असोज महिनाभरमा २९ हजार १७४ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।
२०८१ सालभरि २ लाख २१ हजार ६०२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो । पाथीभरा क्षेत्रको काफ्लेपाटीमा पर्यटक प्रहरी सहायता केन्द्रमार्फत र माथिल्लो फेदीमा क्षेत्र विकास समितिका कर्मचारीमार्फत पाथीभरा दर्शनका लागि आउने तीर्थालुको अभिलेख राख्ने गरिएको छ ।